अमेरिकी डलरको मूल्य वृद्धि : यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
वि.सं.२०८१ माघ १७ बिहीवार ०८:३४
shares

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
निर्धारित विनिमयदरका अनुसार आज अमेरिकी डलरको भाउ बढेर एकको खरिदर १३८ रुपैयाँ १७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७७ पैसा कायम भएको छ।एकको खरिददर १३८ रुपैयाँ १४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७४ पैसामा कारोबार भएको थियो।युरोको भाउ आज घटेको छ। युरो एकको खरिदर १४३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४० पैसा तोकिएको छ। बुधबार यसको भाउ एकको खरिददर १४४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६८ पैसा थियो।
त्यस्तै अस्ट्रेलियन डलरको भाउ पनि केही घटेर आजको भाउ एकको खरिदर ८६ रुपैयाँ ६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४३ पैसा निर्धारण भएको छ।बुधबार अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६९ पैसा थियो।युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३७ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर १५२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५३ रुपैयाँ १७ पैसा कायम गरिएको छ ।
क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३२ पैसा, सिङ्गापुर डलर एकको खरिदर १०२ रुपैयाँ २९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ ।





































