सडक, सदन र समाचारमा हेर्ने हो भने रास्वपा, सभापति रवि लामिछाने र बालेन्द्र...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल विद्युत प्राधिकरणले प्रति कित्ता ३०० रूपैयाँमा आइपिओ जारी गर्ने

767
shares

नेपाल विद्युत प्राधिकरणले प्रतिकित्ता तीन सय रूपैयाँको दरमा सेयर जारी गर्ने भएको छ।

प्राधिकरणले चुक्ता पुँजी करिब ३ खर्ब रूपैयाँ कायम गरेर त्यसको बढीमा २० प्रतिशतले हुन आउने रकमको आइपिओ ल्याउने प्रस्ताव गरेको हो।यस वर्ष पनि प्रधिकरणले रेटिङ कम्पनी इक्रा नेपालबाट ‘डबल ए प्लस’ रेटिङ पाएको छ। यो सँगै प्राधिकरणले लगातार तेस्रोपटक डबल ए प्लस रेटिङ पाएको हो।प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यवसायिक तथा वित्तीय जोखिमहरूको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा बाह्य वातावरणीय तत्वहरूलगायतको विश्लेषण गरी रेटिङ गरिएको हो।

डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै पूरा गर्न सक्ने क्षमता उच्च मानिन्छ। यस्तो संस्थाको ऋण भुक्तानी जोखिम ज्यादै न्यून हुन्छ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारबाट स्वीकृति पाउने वित्तिकै सेयर निष्कासनको प्रक्रिया अगाडि बढाउने बताएका छन्।घिसिङले भने, ‘सर्वसाधारणलाई सेयर निष्कासनका लागि महत्त्वपूर्ण मापदण्डको रूपमा रहेको रेटिङ सम्पन्न भइसकेको छ। संस्थाको वास्तविक सम्पत्ति मूल्यांकन गरिसकेका छौं।

सरकारबाट स्वीकृति पाउनसाथ सेयर निष्कासनको प्रक्रिया अगाडि बढाउन सकिनेछ, संकलन रकमलाई ठूला विद्युत जलविद्युत आयोजनाको निर्माणमा लगानी गर्ने योजना बनाएका छौं।’हाल प्राधिकरणको वार्षिक आम्दानी १ खर्ब १६ अर्ब र सम्पत्ति ७ खर्ब रूपैयाँभन्दा धेरै छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports