२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभालाई विषेश सम्बोधन गर्ने

819
shares

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेश सभाको बैठकलाई विशेष सम्बोधन गर्ने भएका छन् । सोमबार बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको सम्बोधनको सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।‘सोमबार बिहान ११ः३० बजे प्रदेशसभाको बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने गरी बैठक बस्ने कार्यसूची तयार भएको छ’, उनले भने ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत प्रधानमन्त्री ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रणा गरेका थिए । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको थियो ।प्रधानमन्त्री ओलीले प्रदेश सभाको बैठकलाई विशेष सम्बोधनपछि घोराहीमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports