प्रकृति लम्सालको न्यायका लागि नेविसङ्घले गर्यो बिरोध प्रर्दशन
वि.सं.२०८१ फागुन ६ मंगलवार १३:००
shares

काठमाडौं । ओडिसाको कलिगां इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्युको विरोधमा नेपाल विद्यार्थी संघ त्रिचन्द्र कलेजले प्रदर्शन गरेको छ ।
मंगलबार बिहानको प्रदर्शनमा नेविसंघका विद्यार्थी नेताले प्रकृतिको न्यायको माग गरे । घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही गर्न उनीहरूले ध्यानाकर्षण गराएका छन् ।नेविसंघले त्यहाँ अध्ययनरत् अन्य नेपाली विद्यार्थीको सुरक्षाको समेत माग गरेको छ ।



































