सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अब २१ अर्बको पनि छानविन गर सरकार

481
shares

 

२०५२ सालदेखि माओवादीले चलाउँदै आएको माओवादीकै शब्दमा जनयुद्ध २०६३ सालमा विस्तृत शान्ति सम्झौतामा आएर टुँगियो । माओवादीका लडाकुहलाई व्यवस्थापन गर्न राज्यले २१ अर्ब रुपैँया खर्च ग¥यो । सरकारी तथ्याँकले २१ अर्ब खर्च भएको देखाएको भएपनि यो विशाल खर्च कहाँ र कसरी खर्च भयो भन्ने स्पष्ट विवरण आजसम्म किन सार्वजनिक हुन सकेन ? त्यसबेला शिविरमा रहेका लडाकुको संख्यामा नै शंका उठेको थियो । लडाकु समायोजन प्रक्रियामा नै व्यापक अनियमिता देखिएको र राहत लिएर फर्किएका लडाकुहरु अहिले बेरोजगार भएर संकटमा परिरहेका आवाज समेत अहिले उठ्न थालेको छ ।
लडाकु समायोजन प्रक्रिया राजनीतिक अवसरवादको चरम अवसरवादको उदाहरण बन्यो । माओवादी नेतृत्वले लडाकुहरुलाई बेचेर उनीहरुको बलिदानलाई समेत बेचेर सत्ता कब्जा ग¥यो । सत्ता टिकाउने नाममा नेतृत्वले आफ्ना सहयोद्धाहरुलाई सडकमै अलपत्र पारेर नेतृत्व सत्तामै रमाउन थालेको र सत्तामा हुँदा समेत उसले कहिल्यै पनि पूर्व लडाकुहरुका बारेमा कुनै ठोस कार्य गर्न सकेको देखिएन । माओवादीका कतिपय नेताहरु करोडौँका गाडी, घर, जग्गा जोड्न र विलासी जीवनमा रमाईरहेका छन् । तर तिनै नेताहरुलाई अहिलेको ठाउँमा पु¥याउन बन्दुक बोकेर हिडेका लडाकुहरु विपन्नताको चपेटामा परेका छन् । लडाकु समायोजनको नाममा गरिएको भ्रष्टाचारले सत्ता र पैसाको खेललाई अझ स्पष्ट पारिदिएको छ ।
शान्ति प्रक्रियामा पारदर्शी हुनुपर्ने हो तर, लडाकुको व्यवस्थापदेखि राहत वितरणमा सम्म नेतृत्वको अनियमितता देखिएको थियो । कतै शिविरमा भएका लडाकुहरुको फर्जी संख्या कतै उनीहरुको खातामा जाने रकममा समेत फेरबदल गरिएको आवाज त्यसबेला सार्वजनिक भएका थिए । लडाकुहरुलाई समायोजना गर्न खर्च गरिएका २१ अर्बका बारेमा नत सरकारले केही वताएको छ, नत माओवादी नेतृत्वले नै ? त्यो रकम खर्च भएको विवरण समेत अहिले सरकारी कार्यालयमा नभएको अवस्था रहेको छ । लडाकुहरुलाई अर्थ मन्त्रालयबाटै रकम बाँडिएको र सो रकम माओवादीका नेताले चेक मार्फत बुझेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ३ पटक प्रधानमन्त्री भैसकेका र माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्मा समेत अर्थमन्त्री रहिसकेकाले उहाँहरुकै सक्रियतामा माओवादीले बुझेको रकमको फाइल गायब पारिएको आशंका अहिले भएको छ ।
२१ अर्ब खर्च गरिएको भनिएको भएपनि वास्तविक रुपमा लडाकुहरुले त्यति रकम पाएका छैनन् भनिएको छ । यति ठुलो रकम खर्च गरिएको भएपनि त्यसको जिम्मेवारी लिन कोही तयार नहुनु र अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले पनि यसको छानविन गर्न हिम्मत नगर्नु र माओवादी केन्द्रका अध्यक्ष सत्ता बाहिर रहँदा गाली गलौजमा उत्रिनु कतै त्यही लडाकुलाई दिने भनिएको रकममा भएको घोटालाकै कारण हो कि भन्ने आशंका समेत उब्जिएको छ । २१ अर्ब रकम त्यसबेला लडाकुहरुलाई वितरण गरिएको भए उनीहरुको पुर्नस्थापना व्यवस्थित हुन सक्थ्यो उनीहरु बेरोजगार हुने थिएनन । तर, त्यो रकम केही मात्रामा लडाकुहरुलाई दिएर ठुलो मात्रामा नेतृत्वले लिएको र सो रकम पार्टी सञ्चालनमा प्रयोग भएको हुनाले लडाकुहरु अहिले बेरोजगार भएका छन् । अहिलेसम्म संक्रमण न्याय प्रक्रिया समेत अघि बढ्न सकेको छैन, अवस्था उल्टो भएको छ । यो प्रश्नको जवाफ पहिला माओवादी अध्यक्ष पुष्पकमल दाहाल र माओवादी केन्द्रले दिनुपर्दछ यदि होइन भने दाहाल र माओवादी केन्द्रलाई सत्ता चाहिएको थियो सत्ता पैसा सबै पाए तीन तीन पटक मुलुकको प्रधानमनत्री भए तर आफूँलाई सत्तामा पु¥याउने लडाकुहरु अब उनलाई किन चाहियो र ?
पुष्पकमल दाहालले अझैँ पनि क्रान्तिका नाममा जनतालाई झुक्याउन सकिन्छ कि भनेर क्रान्तिको माला जपिरहेका छन् । तीन तीन पटक मुलुकको नेतृत्व गर्दा जनताको हितमा भन्दा आफ्नो पार्टीगत र व्यक्तिगत स्वार्थ पूरा गरेको र विचौलियाहरुका लागि मात्र काम गरेको हुनाले अब उनलाई फेरी सत्तामा पु¥याईदिन जनता किन पछि लाग्ने ? नेपाली जनताले २०४६ र २०६२÷६३ सम्मको आन्दोलन देखेका छन्, आन्दोलन गरेका छन् । तर, जनताले पाए के ? विभिन व्यक्तिहरुलाई सत्तामा पु¥याईदिने काम जनताको मात्र हो कि सत्तामा पुगेपछि जनताको हितमा काम गर्ने नेताहरुको पनि हो ? अब नेपाली जनताले बुझ्दै आएका छन् । हिजोसम्म पुष्पकमल दाहाल जस्ता व्यक्तिले झुक्याएका थिए अब जनता झुक्किन सक्ने अवस्थामा छैनन् अब जानताले २१ अर्बको हिसाब किताब खोज्नेछन् त्यसपछि भ्रष्टाचारको अर्को पाना खोलिन्छ । अनि क्रान्तिका कुरा गर्ने दाहाल जस्ता अनेक व्यक्तिको पोल खुल्ने भएकाले त्यसबेला जनतालाई जवाफ दिन कठिन हुन सक्छ ।
मुलुकमा भएका ठुला ठुला भ्रष्टाचारमा राजनीतिक दलका नेताहरु नै संलगन हुने अनि सरकार परिवर्तन र सत्तामा पुग्न त्यही भ्रष्टाचार गरेको रकम प्रयोग हुने गरेको नेपालको इतिहास साँक्षी रहेकाले गर्दा अब त्यस्तो अवस्थाको अन्त्य हुनुपर्दछ । भ्रष्टाचारी जो भएपनि कारबाही हुनै पर्दछ भन्ने हाम्रो माग रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports