२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अग्नि सापकोटाको ताप्लेजुङमा जारी केबलकार निर्माण सम्बन्धी विवाद समयमा निराकरण नगरिए यसले विकराल रूप लिन सक्ने चेतावनी

1.18K
shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले देशमा सुरक्षा चुनौती (थ्रेट) बढेको बताएका छन् ।

नेपाली सेनाको पृतनापतिको बैठकले नै देशमा सुरक्षा चुनौती बढेको विश्लेषण गरेको सूचना आफूले प्राप्त गरेको उल्लेख गर्दै सापकोटाले यसबारे गम्भीर हुनुपर्ने धारणा राखे ।आइतबार प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै सापकोटाले ताप्लेजुङमा जारी केबलकार निर्माण सम्बन्धी विवाद समयमा निराकरण नगरिए यसले विकराल रूप लिन सक्ने समेत चेतावनी दिए ।

यस्तै मधेसमा पहिचान विषय पनि रहेको भन्दै उनले त्यसलाई पनि चाँडै सम्बोधन गर्नुपर्ने धारणा राखे ।अर्को प्रसंगमा उनले जनताले शासकको विरोध गर्न थालेपछि केपी ओली नेतृत्वको सरकारले विरोधबाट बच्न सामाजिक सञ्जाल सम्बन्धी अध्यादेश ल्याएको समेत आरोप लगाए ।सरकारले जनताको विश्वास गुमाइसकेको दाबी गर्दै उनले प्रधानमन्त्री कार्यालयले नै प्रधानमन्त्रीको कार्यसम्पादन मूल्याङ्कन कम देखाएकोले पनि सरकार असफल बनेको पुष्टि भएको टिप्पणी गरे ।

अब देशको रक्षाका लागि जनता नै उठ्ने बताउँदै सापकोटाले देशको अवस्था झनझन सङ्कटपूर्ण भइरहेकाले भइरहेको अवस्थामा माओवादी चुप लागेर नबस्ने बताए । नेपालको अस्तित्वसँग माओवादीको अस्तित्व जोडिएकाले जनतालाई विश्वास लिएर अगाडि बढ्नु पर्ने अवस्था सिर्जना भएको उनको भनाइ थियो । यस्तै उनले अमेरिकाले युएसएड र एमससीको प्रोजेक्ट रोकेका कारण केही चुनौती भएपनि यसलाई अवसरको रूपमा लिनु पर्ने धारणा राखे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports