linktrix Long Ad
Salt Trading Long Ad

पुष्पकमल दाहालको निर्वाचन क्षेत्रका दर्जन भन्दा बढी कार्यकर्ता एमालेमा प्रवेश

1.13K
shares

काठमाडौं । नेकपा माओवादी केन्द्र गोरखा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रका १ दर्जनभन्दा बढी युवा नेकपा एमाले प्रवेश गरेका छन् ।

नेकपा एमाले जिल्ला कमिटी गोरखाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा संचार तथा सुचना प्रविधि मन्त्री नेकपा एमालेका केन्द्रिय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।जसमा नेकपा पिपुल्स फोर्सका केन्द्रीय अध्यक्ष दिपक थापा नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य बारपाक सुलिकोट गापाका पूर्व अध्यक्ष रबित तामाङलगायत एक दर्जन युवा एमाले प्रवेश गरेका हुन् ।

प्रचण्डलाई जिताएर प्रधानमन्त्री बन्दा पनि आफ्नो निर्वाचन क्षेत्रमा केही काम नगरेको, राजनीतिक अस्थिरतामा खेलेको, देशलाई अन्योलमा लगेको लिसो जस्तै जतानी टाँसिने प्रवृत्ति गरेकोले पार्टी परित्याग गर्नु परेको युवा नेता तामाङले बताए ।‘अब कम्युनिष्टको नीति सिद्धान्त भनेको नै एउटै पार्टी एमाले हो अरु खुद्रेको कुनै औचित्य छैन’, तामाङले भने ।

देशमा रहेका युवालाई देशमै रहन विभिन्न दक्षता र क्षमता को पहिचान गरि युवालाई अर्थोपार्जन गर्न युवामुखी कार्यक्रम गर्न एमालेबाटै सम्भव रहेको दिपक थापाले बताए । जिल्लामा तेस्रो पोजिसनमा रहेको एमालेलाई पहिलो बनाउने उनले अठोट लिएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports