तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रारा तालको एक होटलमा आगलागी , तत्काल उद्धार गरि बचाइयो होटलमा रहेका पाहुनालाई

793
shares

काठमाडौं । रारातालको किनारमा अवस्थित एक होटेलमा आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन् । गएराति रारा किनारको डाँफे होटेलको भान्साबाट शुरु भएको आगोले त्यहाँ रहेका ग्यास सिलिण्डर पड्किँदा अन्य तीन भवनमा क्षति पुगेको हो ।

नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो नियन्त्रणमा लिएका थिए । आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक दीपक केसीको नेतृत्वका १५ जना प्रहरी टोली रारा पुगेको थियो ।

प्रहरी, सेना र सशस्त्र प्रहरीले होटलमा रहेका पाहुनालाई तत्काल उद्धार गरी नजिकै रहेका होटल, सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । आगलागीबाट के कति क्षति भयो भन्नेबारे विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports