तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

केयूको विवाद मिलाइदिन कुलपति समेत रहेका प्रधानमन्त्रीसँग गुहार

572
shares

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका ८ उम्मेदवारले सिफारिस समितिका संयोजकविरुद्ध कुलपति गुहारेका छन् ।

खोज तथा सिफारिस समितिका संयोजक शुरेशराज शर्माको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै उपकुलपतिका दाबेदार प्रा.डा. हरिप्रसाद न्यौपाने, धिरज गिरी, विभूति रञ्जन, बालचन्द्र लुइँटेल, वेदमणी दाहाल, बिम प्रसाद श्रेष्ठ र श्याम नारायण लाभले प्रधानमन्त्री एंव कुलपति केपी शर्मा ओलीलाई पत्र लेखेका हुन् ।

प्रधानमन्त्रीलाई सम्बोधन गरी ‘उपकुलपति खोज तथा सिफारिस समिति सम्बन्धी ध्यानाकर्षण’ विषयको पत्रमा छनोट समिति बनेको अढाइ महिना हुँदा पनि नाम सिफारिस नभएकोप्रति असन्तुष्टि जनाइएको छ । सबै प्रक्रिया पूरा भएको अवस्थामा तत्काल उपकुलपति नियुक्त गर्नुपर्नेमा संयोजक शर्माले नकारात्मक भूमिका खेलेको भन्दै ५ बुँदामा घटनाक्रमको चर्चा गरिएको छ ।‘उपकुलपति खोज तथा सिफारिस समितिले आफैंले बनाएको कार्यविधि अनुरुप छनोटका सबै प्रक्रिया पूरा गरेको दुई हप्ता भइसक्दा पनि अझै विश्वविद्यालयले उपकुलपति पाउन सकेको छैन’, पत्रमा लेखिएको छ, ‘यस बीचमा खोज तथा सिफारिस समितिका संयोजकका अनलाइनखबर र बीबीसी नेपाली सेवाका दुई अन्तर्वार्ता मार्फत आफ्ना धारणा सार्वजनिक गरेका छन् । आफैंमा परस्पर विरोधी देखिने यी प्रसारित दुई अन्तर्वार्ताले तपसिलका विषयलाई उजागर गरेको छ ।’

तीन सदस्यीय सिफारिस समितिका अन्य दुई जना कार्यविधिले निर्धारण गरेको प्रक्रिया र मापदण्डका आधारमा नाम सिफारिस गर्नेमा प्रष्ट देखिए पनि संयोजक शर्मा भने अनेक बखेडा झिकेर भाँजो हाल्न उद्धत देखिएको उपकुलपतिका उम्मेदवारहरुको गुनासो छ ।बहुमत सदस्यले संयोजकमार्फत बीचमा लाद्न खोजेको शर्त नमान्ने परिस्थिति आए पश्चात आफैँले बनाएको कार्यविधिमा आधारित भई सिफारिस गर्ने जिम्मेवारीलाई अरु धुमिल बनाउन मिडियाको सहारा लिन खोज्नु शर्मा आफैँले पाएको संयोजकको भूमिकाको मानमर्दन हो भन्ने हाम्रो बुझाई छ’, पत्रमा लेखिएको छ ।

कार्यविधि अनुसार नाम सिफारिसका लागि सहजीकरण गरिदिन कुलपति तथा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै भनिएको छ, ‘२० आवेदकमध्ये १० जना छनौट भएकोमा ती १० जनाले आफ्ना भावी कार्ययोजना लिखित र मौखिक रुपमा प्रस्तुत गरेका र अन्तर्वार्तासमेतका आधारमा उच्च अंकभार ल्याउने तीन जना कुलपति समक्ष सिफारिस गर्ने उहाँहरुको योजना र आफैले बनाएको कार्यदिश हो ।’तर, संयोजक शर्मा आफ्ना मान्छेलाई सिफारिसमा पार्ने प्रयासमा लागेको उनीहरुको आरोप छ । ‘छनोट आधार बनिसके पश्चात कुनै आवेदक तेश्रो नम्बर पनि नपरेपश्चात ती आवेदकलाई के के भनेर र कहाँ कहाँ चलखेल गरेर सिफारिस गर्न सकिन्छ भनेर संयोजक आफै लाग्न सुहाउने कुरा थिएन’, कुलपतिलाई लेखेको पत्रमा भनिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports