सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्राध्यापक संघद्वारा काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि दबाब दिन आन्दोलनको घोषणा

585
shares

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि दबाब दिन प्राध्यापक संघले आन्दोलनको घोषणा गरेको छ । उपकुलपति खोज तथा सिफारिस समितिले हालसम्म सिफारिस नगरेको भन्दै संघले आन्दोलनको घोषणा गरेको हो ।

यसअघि तीन दिने अल्टिमेटम दिएको थियो । उक्त समयभित्र सिफारिस नभएको भन्दै प्राध्यापक संघले आन्दोलनको घोषणा गरेको हो । काठमाडौँ विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष डा.विकास अधिकारी र महासचिव तेजेशमान शाक्यले विज्ञप्ति जारी गर्दै पहिलो चरणमा सात दिनका लागि शान्तिपूर्ण दबाब कार्यक्रमसहित आन्दोलन घोषणा गरेका हुन् ।सात दिने अवधिमा पनि विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस समितिबाट छनोट प्रक्रिया टुंगोमा नपुगेमा तत्काल आवश्यक पहल गरी उपयुक्त निर्णय लिन कुलपति एवम् प्रधानमन्त्री तथा सहकुलपति एवम् शिक्षा मन्त्रीलाई प्राध्यापक संघले आग्रह गरेको छ । त्यसपछि पनि उपकुलपति नियुक्त नभएमा अर्को चरणको दबाबमूलक आन्दोलन घोषणा गर्न बाध्य हुने संघले जनाएको छ ।

छनोटको प्रक्रिया सकिएर पनि सिफारिस समितिले नाम सिफारिस गर्न सकेको छैन । फागुन २ र ३ गते उपकुलपतिका लागि आवेदन दिएका २० मध्ये सर्टलिस्टमा परेका १० जनाको अन्तर्वार्ता र प्रस्तुतीकरण भएको थियो । त्यसपछि नाम सिफारिस गर्नुपर्ने तर, अहिलेसम्म सिफारिस हुन सकेको छैन । समितिका सदस्यहरूबिच कसको नाम सिफारिस गर्ने भन्नेमा मतभेद देखिएपछि सिफारिस हुन नसकेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports