२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यो देशमा कसैले फेरि वंशको शासन ल्याउन खोज्छ भने ठुलो मूल्य चुकाउनुपर्छ : माधव नेपाल

1.01K
shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजतन्त्रले देशको भलो नगरेको भन्दै राजतन्त्र फर्कने कल्पना नै गर्न नहुने बताएका छन् ।

शुक्रबार भ्रष्टाचार, बेथिति र प्रतिगमनविरुद्ध काठमाडौँको भृकुटीमण्डपमा आयोजित चार दलीय समाजवादी मोर्चाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यो देशमा कसैले फेरि वंशको शासन ल्याउन खोज्छ भने ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।

‘आजको कार्यक्रम नेपालको राजनीतिमा कास्टिङमात्र हो । त्यस कारण प्रतिगामी शक्तिहरू होसियार ! अव यो मुलुक शाही वंशतर्फ फर्कन सक्दैन । राणातन्त्रतर्फ र वंश र परिवारको शासनतिर मुलुक फर्कन सक्दैन, जनता स्वाधीन र सार्वभौमसत्ता सम्पन्न भएकाले कसैको दासता स्विकार्न तयार छैनन्’, अध्यक्ष नेपालले भने, ‘वंशको शासन ल्याउन खोजे त्यसले ठुलो मूल्य चुकाउनुपर्नेछ ।’उनले शासकको कमजोरीका कारण जनताले समस्या भोगिरहेको तर सरकार तमासे भएर बसेको बताए । ‘हामीले सरकार ढालेका छैनौ तर सरकार ढले..ढले… भनिरहेको छ’, नेपालले भने, ‘प्रचण्ड कमरेडलाई स्वर्ग र नर्कको कुरा गरेछन् । प्रचण्ड सोझो मान्छेलाई नर्कतिर पठाइदिएछन् । ’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports