२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आजदेखी विराटनगरमा मुख्यमन्त्रीहरूको भेला, प्रदेशको अधिकारका बारेमा छलफल हुने

403
shares

विराटनगर । संघीयता कार्यान्वयनमा देखिएका संवैधानिक तथा प्रशासनिक अड्चन फुकाउँदै प्रदेशका अधिकार सुनिश्चित गर्न कोशी प्रदेशको राजधानी विराटनगरमा मंगलबारदेखि मुख्यमन्त्री सम्मेलन सुरु हुँदैछ। कोशी प्रदेश सरकारको आयोजनामा सुरु हुन लागेको यस सम्मेलनले संघ सरकारसँग आफ्ना अधिकार र वित्तीय स्रोतको बाँडफाँटका लागि साझा अडान बनाउने लक्ष्य लिएको छ।

सम्मेलनमा भाग लिन मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, बागमतीका किरण थापामगर, गण्डकीका सुरेन्द्रराज पाण्डे, लुम्बिनीका चेतनारायण आचार्य र कर्णालीका मङ्गलबहादुर शाही सोमबार नै विराटनगर आइपुगेका छन्। बजेट विवादका कारण सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्ट भने आउन सकेका छैनन्। उनको तर्फबाट प्रदेशका प्रमुख सचिव सहभागी छन्। विवाद मिलेमा मुख्यमन्त्री भट्ट मंगलबार साँझसम्म आइपुग्न सक्ने आयोजक सचिवालयले जनाएको छ।

मुख्यमन्त्रीहरू, प्रमुख सचिव, प्रदेश योजना आयोगका उपाध्यक्ष र मुख्यन्यायाधिवक्ताहरूको उपस्थिति रहने दुई दिने यस भेलामा कानुन निर्माणमा एकरूपता ल्याउने र असल अभ्यास साटासाट गर्ने विषयमा छलफल हुनेछ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलका अनुसार बैठकको निष्कर्षस्वरूप ‘विराटनगर घोषणापत्र’ जारी गर्दै प्रदेशका अधिकारका लागि संघीय सरकारलाई सामूहिक दबाब दिने रणनीति तय गरिनेछ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports