दुर्गा प्रसाईंको निजी सम्पत्तिमा तोडफोड नगर्न आग्रह
वि.सं.२०८१ चैत १५ शुक्रवार १५:५९
shares

काठमाडौं । राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले निजी सम्पत्तिमा तोडफोड नगर्न आग्रह गरेका छन् ।
तीनकुनेमा भएको प्रदर्शनका क्रममा निजी घरहरूमा प्रदर्शनकारीले ढुंगामुढा गरेपछि उनले सामाजिक सञ्जालमार्फत तोडफोड नगर्न आग्रह गरेका हुन् ।तीनकुनेको प्रदर्शन स्थलबाट निस्किएका उनले सरकारले आफूहरूको मुख थुन्न खोजेको आरोप समेत लगाएका छन् । ‘ प्रहरीकै दमनका कारण निजी सम्पत्तिमा क्षति पुग्यो । कैयन साथीहरू र प्रहरीहरू घाइते हुनुभएको छ यसप्रति दु:ख व्यक्त गर्दै घाइते साथीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै कसैको निजी सम्पत्तिमा आक्रमण नगर्न म हार्दिक अपिल समेत गर्दछु’, उनले भनेका छन् ।
प्रहरीकै दमनका कारण निजी सम्पत्तीमा क्षती पुग्यो, कैयन साथीहरु र प्रहरीहरु घाईते हुनुभएको छ यस प्रति दुख व्यक्त गर्दै घाईते साथीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै कसैको निजी सम्पत्तीमा आक्रमण नगर्न म हार्दिक अपिल समेत गर्दछु ।उनले लेखेका छन्, ‘सरकारले हाम्रो मुख थुन्न खोज्यो । हामी शान्तीपूर्ण रुपमा कार्यक्रमस्थल जाँदै गर्दा हामी नपुग्दै प्रहरीले अश्रु ग्याँस प्रहार गर्यो । लाठी चार्ज गर्यो । अझै तीनकुनेका घरघरमा लुकेर प्रहरीले अश्रु ग्याँस प्रहार गरी हामीलाई कार्यक्रम सुरु गर्न दिएन ।’





































