नेपाल बार चुनाव : विजय मिश्रको प्यानलैको विजय सुनिश्चित, ५ सय मत गन्न बाँकी हुँदा दोब्बर मतले प्यानलै अगाडी
वि.सं.२०८१ चैत २७ बुधवार १८:२१
shares

काठमाडौं । नेपाल बार एशोसियनको मतगणना अन्तिमतिर पुगेको छ । नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदानको गणनाको अपडेटअनुसार कांग्रेस-एमाले प्यानलको फराकिलो मतान्तर कायमै छ ।
सत्ताधारी गठबन्धन एमाले निकटको पीपीएलए र कांग्रेसनिकटको डीएलएका साझा उम्मेदवार विजयप्रसाद मिश्र ४२७२ भोट ल्याएर अगाडि छन् । माओवादी, रास्वपानिकटका कानून व्यवसायीको प्यानलबाट लडेका रमनकुमार श्रेष्ठको १८४३ मत छ ।
महासचिवमा पनि सत्ता गठबन्धनका केदार कोइरालाको ४०६० मत हुँदा यज्ञमणि न्यौपाने १७०५ भोट रहेको छ ।शनिबार भएको बारको चुनावमा ९९५७ मतदातामध्ये करिब ८० प्रतिशत मतदान भएको थियो । मतदानका लागि काठमाडौं र बाहिर गरी ३६ केन्द्र तोकिएको थियो ।




































