linktrix Long Ad
Salt Trading Long Ad

पोखराका ४ नम्बर वडाध्यक्षले कर्मचारी र व्यवसायी माथि हातपात गरेपछि तनाव

988
shares

पोखरा । पोखराका ४ नम्बर वडाध्यक्षले कर्मचारी र व्यवसायीमाथि हातपात गरेपछि तनाव सुरु भएको छ । मङ्गलवार अध्यक्ष देवकृष्ण पराजुलीले हातपात गरेको भन्दै व्यवसायी लेखनाथ सुवेदीले प्रहरीमा उजुरी दिएका छन् ।

सर्वेश्वर मार्गमा व्यवसाय गर्दै आएका सुवेदीलाई हातपात गरेपछि सम्पर्क विहीन भएका छन् । फुटपाथमा सामान राखेको भनेर उनी व्यवसायीमाथि जाइलागेका हुन् । व्यवसायीहरूले पराजुलीमाथि कडा कारबाहीको माग गरेका छन् ।व्यवसायीहरूले मङ्गलवार नै वडा नम्बर ४ को कार्यालय घेरेर नाराबाजी गरेका थिए । कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले उजुरी प्राप्त भएको पुष्टि गरे । मङ्गलवार नै उनले पोखरा महानगरका अधिकृत ईश्वरी पोखरेलमाथि पनि हातपात गरेका महानगरले जनाएको छ ।

महानगरका विभिन्न कर्मचारी सङ्घ सङ्गठनले विज्ञप्ति निकालेर घटनाको सत्य तथ्य छानबिन सहित दोषीलाई कारबाहीको माग गरिएको छ । पोखरेलको कठालो समातेर प्रमुख प्रशासकीय अधिकृतकै कार्यकक्षमा कुटपिट भएको एक कर्मचारीले बताए ।स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष अमिर भण्डारी, स्थानीय तह कर्मचारी सङ्घका अध्यक्ष रेशम जिसी, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष नेत्रप्रसाद तिमिल्सिना र एकीकृत सरकारी कर्मचारी सङ्गठनका अध्यक्ष डिल्लीराम गिरीले उपमेयर मन्जुदेवी गुरुङलाई ध्यानाकर्षण पत्र लेखेर दोषीमाथि कारबाहीको माग गरेका हुन् ।

उक्त घटनाको भर्त्सना गर्दै दोषीलाई कारबाही नगरे काम बन्द गरेर सङ्घर्षमा उत्रिने चेतावनी कर्मचारीहरूको छ । ‘घटनामा संलग्न व्यक्ति उपर २४ घण्टाभित्र कानुन बमोजिम कारबाही गर्न ध्यानाकर्षण गर्दछौँ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘अन्यथा वैशाख २४ देखि महानगरपालिका कार्यालय र वडा कार्यालयमा समेत कामकाज ठप्प पारी आन्दोलनका कार्यक्रम अगाडि बढाइने जानकारी गराइन्छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports