linktrix Long Ad
Salt Trading Long Ad

देशभरमै मनसुनी वायुको प्रभाव : आज आइतवार यी स्थानमा भारी बर्षाको सम्भावना

91
shares

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ, देशको बाँकी भू–भागमा आंशिक बादलदेखि मौसम मुख्यतया सफा रहेको छ । बागमती प्रदेशका थोरै स्थानमा तथा गण्डकी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भू–भागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भू–भागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू–भागका केही र मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका साथै कर्णाली प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति भने देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भू–भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ । कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । मधेश प्रदेशका साथै कर्णाली प्रदेशको पहाडी भू–भाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशको हिमाली, पहाडी र तराई भू–भाग साथै बागमती प्रदेशका हिमाली र पहाडी भू–भाग तथा गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भाग, मधेश प्रदेश साथै सूदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

बागमती प्रदेशको हिमाली र पहाडी भू–भागका साथै कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports