linktrix Long Ad
Salt Trading Long Ad

भारतीय आक्रमणप्रति पाकिस्तानले गर्यो निन्दा, भन्यो युद्धको कार्य

1.14K
shares

काठमाडौं- पाकिस्तानले भारतीय हवाई आक्रमणलाई ‘युद्धको कार्य’ भनेर निन्दा गरेको छ। भारतले मंगलबार राति गरेको ‘अपरेसन सिन्दूर’पछाडि बसेको पाकिस्तानको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले भारतीय आक्रमणलाई गैरकानुनी भनेर निष्कर्ष निकालेको हो।

अन्तर्राष्ट्रिय कानुनअनुसार भारतको आक्रमण ‘युद्धको कार्य’ भएको र पाकिस्तानको सम्प्रभुता र क्षेत्रीय अखण्डताको खुला उल्लंघन भएको पाकिस्तानको निष्कर्ष छ।पाकिस्तानको राष्ट्रिय सुरक्षा परिषद्ले भनेको छ- ‘भारतीय सेनाले निर्दोष महिला र बच्चासहित सर्वसाधारणलाई जानाजानी लक्षित गरेर घृणित र लज्जास्पद अपराध गरेको छ । यो मानवीय व्यवहारका सबै नियम र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हो।’

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री शहबाज शरिफको अध्यक्षतामा बसेको बैठकमा वरिष्ठ सैनिक अधिकारीहरू र मन्त्रीहरू सहभागी थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports