linktrix Long Ad
Salt Trading Long Ad

नेपाल धितोपत्र बोर्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छापा

754
shares

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ। बुधबार नेपाल धितोपत्र बोर्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेर आईपीओ निष्कासन सम्बन्धी फाइलहरू नियन्त्रणमा लिएको छ ।

आईपीओ निष्कासन स्वीकृति दिनुअघि कमिसन मागेको आरोप निजी ऊर्जा उत्पादकहरूले लगाएपछि अख्तियारले बोर्डमा छापा हानेको हो । अख्तियारले बोर्डमा छापा हानेको नेपाल धितोपत्र बोर्ड उच्च स्रोतले पुष्टि गर्‍यो । बिहान ११ बजे अख्तियारका तीन जना अनुसन्धान अधिकृतहरु बोर्डमा पुगेका थिए । उनीहरुले साँझ ४ बजेसम्म बोर्डका उच्चस्तरका कर्मचारीहरुसँग सोधपुछ गरेको श्रोतले बतायो ।
टोलीले विभिन्न कागजात समेत लिएर गएको बताइएको छ ।  धितोपत्र बोर्डका सहप्रवक्ता तोलाकान्त न्यौपानेले बोर्डमा अख्तियारको टोली आएको पुष्टि गरे । तर, महत्वपूर्ण कागजात भने लिएर नगएको बताए ।  ‘उहाँहरू आउनु भएको थियो । बजारमा हल्ला चलेपछि आईपीओ स्वीकृत गर्ने प्रक्रिया के रहेछ भनेर बुझ्नुभएको हो । सामान्य बाहेक अरू कागजात लिएर गएको होइन,’न्यौपानेले भने ।
sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports