विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

महिला टी- २० विश्वकप एसिया छनोट : आज नेपाल र बहराईन बीच खेल हुदैँ

676
shares

काठमाडौं। नेपाली महिला क्रिकेट टोलीले आज बहराइनसँग भिड्दैछ ।

आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटका लागि नेपालले आज दोस्रो खेल बहराइनसँग खेल्न लागेको हो ।आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपाल र हङकङबीचको हिजो हुने भनिएको पहिलो खेल रद्द भएको थियो, जसका कारण दुवै टिमले १–१ अंक बाँडे‌का छन् ।थाइल्यान्डमा हिजोदेखि सुरु हुने भनिएको क्वालिफायर खेल मैदानको भिजेका कारण टस नहुँदै खेल रद्द गरिएको थियो । शुक्रबार राति परेको पानीले आउटफिल्ड भिजेको कारण खेल नै हुन नसकेको हो । यो खेल बिहान ८ः४५ बजे सुरू हुनुपर्ने तालिका रहेको थियो ।

भारतको नयाँ दिल्लीमा अभ्यास खेल खेलेर सिधै विश्वकप छनोटका लागि थाइल्यान्ड पुगेको टोलीले हिजो पहिलो खेल बिहान ८ः१५ बजे हङकङसँग प्रतिस्पर्धा गर्न नपाए पनि शनिबार भने बहराइनसँग खेल्न सक्ने सम्भावना रहेको छ ।विश्वकप छनोट मे ९ देखि २० सम्म हुँदैछ । नेपाल रहेको समूह ‘सी’ मा बहराइन र हङकङ छन् ।

नेपाली टोली

इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो (उपकप्तान), रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमति ऐरी, रिया शर्मा

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports