विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मुम्बईलाई पराजित गर्दै पञ्जाव ११ वर्ष पछि आईपीएलको फाइनलमा पुग्यो

1.22K
shares

काठमाडौं । पञ्जाब किंग्सले आईपीएल २०२५ को क्वालिफायर-२ मा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको छ । योसँगै टोली ११ वर्षपछि आईपीएलको फाइनलमा प्रवेश गरेको छ । यसअघि टोलीले २०१४ सिजनको उपाधि खेलेको थियो । अब फाइनल जुन ३ मा पञ्जाब र बैंगलोरबीच हुनेछ ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आइतबार भएको खेलमा पञ्जाबले १९ ओभरमा २०४ रनको लक्ष्य पछ्याउँदै पञ्जाब किंग्सले फाइनल सुरक्षित गरेको हो ।पञ्जाबका कप्तान श्रेयस अय्यरले छक्का प्रहार गर्दै टोलीलाई जित दिलाउन सफल भए । उनले ४१ बलमा ८७ रनको अविजित इनिङ खेलेका थिए भने यो इनिङमा ५ चौका र ८ छक्का समावेश भएको थियो । १९औं ओभरमा बलिङ गरिरहेका अश्विनी कुमारको बलमा कप्तान श्रेयसले दुई छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए । उनी खेलको प्लेयर अफ द म्याचसमेत चुनिए ।

श्रेयसका साथै नेहल वढेराले ४८ र जोस इन्ग्लिसले ३८ रन बनाउन सफल भए । जसमा अश्विनी कुमारले दुई विकेट लिए ।टस हारेर ब्याटिङ गरेको मुम्बईका तिलक वर्मा र सूर्यकुमार यादवले ४४ रनको इनिङ खेले । जोनी बेयरस्टोले ३८ रन बनाए । पञ्जाबका अजमातुल्लाह उमरजाईले २ विकेट लिएका थिए ।पञ्जाब आईपीएल २०२५ को फाइनलमा प्रवेश गरेसँगै टोलीले मे ३ मा बेंगलुरुको सामना गर्नेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports