२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री ओली अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी

1.34K
shares

प्रधानमन्त्री केपी शर्मा ओली स्पेनमा आयोजित संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’सम्बन्धी सम्मेलनको उद्घाटनसत्रमा सहभागी हुनुभएको छ । स्पेनको सेभियामा आयोजित अन्तरार्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुनुभएको हो ।

उहाँ स्पेनका नरेश फिलिप द्वितीयले आयोजना गर्नुभएको रात्रिभोजमा हिजै सहभागी हुनुभएको थियो । सेभियास्थित रोयल अल्काजरमा संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुका लागि रात्रिभोजको आयोजना गरिएको हो ।रात्रिभोजअघि प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजबीच द्विपक्षीय भेटवार्ता भएको बताइन्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports