तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सभापति खतिवडाले भने दोषी देखिए कारवाही भोग्न तयार छु

650
shares

काठमाडौं । राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले समितिबाट सर्वसम्मत पास भएको संघीय निजामती सेवा विधेयकमा एउटा दफा नै थपिएको बताएका छन् । यस्तो गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने धारणा समेत राखेका छन् ।

आज सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै सभापति खतिवडाले भने, ‘हामीले जे पास गरेका थियौं त्यसको ठिक मुनि एउटा दफा थपिएर पछिबाट सदनमा गएको हामीले फेला पार्‍यौं । यो कसको गल्तीबाट भएको छ त्यसलाई कानुनको दायरामा ल्याउनुपर्छ ।’कतिपय सांसदहरुले यसमा समितिको सभापति र सचिवलाई जिम्मेवार रहेको भन्दै कारबाहीको माग गरेका छन् । रास्वपाले त सभापति खतिवडाको राजीनामा नै मागेको छ । माओवादी केन्द्रले भने यस विषयमा छानबिन गर्नुपर्ने माग गरेको छ ।

खतिवडाले आफूमाथि छानबिन माग गरेका छन् र दोषी देखिए कारबाहीको भोग्न तयार भएको बताएका छन् । ‘म आफैंमाथि पनि आवश्यक छानबिन होस् र दोषी देखिए कारबाहीको दायरामा आउन चाहन्छु । यसमा छानबिनका लागि सभामुखलाई नै आग्रह गरेका छौं,’ खतिवडाले भने ।कांग्रेस नेता समेत रहेका सभापति खतिवडाले समितिबाट पास भएको प्रतिवेदन प्रतिनिधि सभाबाट पास हुँदा एउटा दफा नै थपिएर आएको भन्दै यसमा छानबिन हुनुपर्ने बताए ।यसलाई संसदमाथि भएको ठूलो प्रहार भन्दै उनले भने, ‘यत्रो ठूलो मिस्टेक कानुन बनाउन काममा कहीँ हुँदैन । त्यसमा हामी छानबिन गर्नपर्छ भन्ने पक्षमा छौं ।’यस विषयमा छलफल गर्न कानुन र सामान्य प्रशासन मन्त्रालयका कर्मचारीहरुलाई बोलाएको तर उनीहरु नआएको पनि खतिवडाले बताए ।

सभापति खतिवडाले यस विषयमा छानबिनको प्रक्रिया नबढेसम्म समितिको राज्य व्यवस्था समितिको बैठक नबस्ने बताए । त्यसैले आजको बैठक पनि स्थगित गरिएको जानकारी उनले गराए । उनले छानबिनको प्रक्रिया नबढेसम्म समितिको राज्य व्यवस्था समितिको बैठक नबस्ने बताए । त्यसैले आजको बैठक पनि स्थगित गरिएको जानकारी उनले गराए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports