तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश

715
shares

घरेलु टोली मलेसियामाथि सहज जित निकाल्दै नेपाली युवा टोली एसीसी पुरुष यू–१६ इष्ट जोन कपको उपाधि नजिक पुगेको छ। बिहीबार भएको पहिलो सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल चौथो पटक फाइनलमा पुगेको हो।

मलेसियाले दिएको ९१ रनको झिनो लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। दोस्रो विकेटका लागि ओपनर परिमहर्जन यादव र श्रीवांस बजगाइले ४५ बलमा ७५ रनको अविजित साझेदारी गरेपछि नेपालले सहज लक्ष्य भेट्टाएको हो।परिमहर्जन ५९ र श्रीवांस २३ रनमा नटआउट रहे। परिमहर्जनले ३५ बलमा ५ चौका र ५ छक्का प्रहार गरे। अर्का ओपनर प्रसिद्ध जैसी २ रनमा क्याच आउट भए।

त्यसअघि मलेसियाको क्वालालाम्पुरस्थित सेनेङगर टर्फ क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोली ४३.१ ओभरमा ९० रनमा अलआउट भयो।मलेसियाका लागि मोहम्मद फाथुल मुइनले बनाएको ३८ रन नै सर्वाधिक रह्यो। कप्तान डियाज पट्रोले १० रन थपे। अनय ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

मलेसियालाई सस्तैमा रोक्न नेपालका अभय यादवले सर्वाधिक ४ विकेट लिए। उनले आफ्नो स्पेलमा मात्र १५ रन खर्चे घातक बलिङ गरेका शुभम खनालले आफ्नो स्पेलमा ३ विकेट लिदा मात्र १२ रन खर्चेर ४ ओभर मेडन राखे।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports