नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बस्दै

481
shares

काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बस्दैछ ।

बिहान साढे ११ बजे नयाँ वानेश्वरस्थित शंकर हलमा बस्ने बैठकमा प्रतिनिधि सभाको क्यालेन्डरको विषयमा छलफल गर्ने कार्यसूची छ । क्यालेन्डरमा संवैधानिक परिषद् सम्बन्धी विधेयक राख्ने कि नराख्ने भन्ने विषयमा छलफल हुनेछ ।प्रतिनिधि सभाले १५/१५ दिनको क्यालेन्डर बनाउँदै आएको छ । भदौ दोस्रो साताभित्रै संवैधानिक परिषद् विधेयक अगाडि बढाउने तयारी थियो । तर, नेपाली काँग्रेस र नेकपा एमालेले भदौ तेस्रो साता मात्रै यो विधेयक अगाडि बढाउने तयारी गरेका छन् ।यो विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा थप छलफल हुनेछ ।

संवैधानिक परिषद्‍मा सत्तापक्षले स्पष्ट बहुमत आफ्नो पक्षमा पार्ने प्रयासअन्तर्गत उपसभामुखबाट इन्दिरा रानालाई हटाउने तयारी गरेका छन् । कांग्रेस र एमालेका सांसदहरूले रानालाई उपसभामुखबाट हटाउन खाली कागजमा हस्ताक्षर नै संकलन सुरु गरिसकेका छन् ।राना रास्वपाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद् हुन् । प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्‍मा विपक्षी दलको नेता, सभामुख, उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष र प्रधानन्यायाधीश सदस्य हुन्छन् । यो परिषद्ले विभिन्न संवैधानिक निकायमा नियुक्ति सिफारिस गर्दछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports