जेन जी आन्दोलनमा निधन हुनेको संख्या ६ पुग्यो
वि.सं.२०८२ भदौ २३ सोमवार १५:२२
shares

काठमाडौं । काठमाडौं मेडिकल कलेज सिनामंगलमा थप एक जनाको निधन भएको छ ।
यससँगै जेनजी प्रदर्शनका क्रममा निधन हुनेको संख्या ६ पुगेको छ ।केएमसी अस्पतालका प्रशासन प्रमुख नारायण प्रसाद दाहालका अनुसार, एक जनाको निधन भएको हो ।
त्यस्तै, २० जना गम्भीर घाइतेको उपचार भइरहेको छ । यसअघि सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जनाको निधन भइसकेको छ ।






































