विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अब देखी भारतीय रिजर्व बैङ्कले नेपाली नागरिकलाई पनि ऋण सुविधा दिने

754
shares

काठमाडौं । भारतीय रिजर्व बैङ्क (आरबीआई)ले नेपाल, भूटान र श्रीलङ्काका नागरिक तथा व्यावसायिक संस्थालाई भारतीय बैङ्क र तिनका विदेशी शाखामार्फत भारतीय रुपैयाँमा ऋण प्रदान गर्ने नयाँ व्यवस्था लागू गरेको छ ।

यसअघि यस्तो सुविधा उपलब्ध थिएन । बुधवार घोषित मौद्रिक नीतिमा यो प्रावधान समावेश गरिएको हो ।आरबीआईका गभर्नर सञ्जय मल्होत्राले यो कदम भारतीय रुपैयाँको अन्तर्राष्ट्रियकरणको रणनीति भएको बताएका छन् ।

यसले नेपालका व्यवसायी र उद्योगपतिलाई भारतीय बैङ्कबाट सिधै रुपैयाँमा कर्जा लिन सहज हुनेछ। सीमापार व्यापार र लगानीमा अमेरिकी डलरको निर्भरता घट्ने अपेक्षा गरिएको छ । यसले आयात–निर्यातमा भुक्तानी प्रक्रियालाई सहज बनाउँदै नेपालको व्यापारिक अवसर विस्तार गर्नेछ । यो व्यवस्थाले नेपालसँगै भूटान र श्रीलङ्कालाई पनि फाइदा पुग्नेछ ।

भारतले क्षेत्रीय स्तरमा आफ्नो मुद्रालाई प्रोत्साहन गर्दै डलरको प्रभाव घटाउने लक्ष्य राखेको छ । यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ब्रिक्स मुद्रा विरुद्धको चेतावनीपछि आएको हो । ट्रम्पले ब्रिक्सले नयाँ मुद्रा ल्याए आयातमा १०० प्रतिशत कर लगाउने धम्की दिएका थिए । आरबीआईले यसअघि विशेष रुपैयाँ भुक्तानी खातामार्फत व्यापारमा रुपैयाँ प्रयोगको ढोका खोलिसकेको थियो । तर, प्रत्यक्ष कर्जा सुविधा पहिलोपटक लागू भएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports