प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

महिला टी-२०आई शृंखला : दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हरायो

1.34K
shares

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत दोस्रो खेलमा जित हासिल गरेको छ ।

कुआलालम्पुरस्थित वायुमास ओभलमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो । मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । पूजा महतोले सर्वाधिक ३९ रन बनाइन् । कप्तान इन्दु बर्मा २७ रनमा अविजित रहिन् ।

नेपालको शून्यमै २ विकेट गुमिसकेको अवस्थाबाट पूजा र रुबीले तेस्रो विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । त्यसपछि पूजा र इन्दुले ३७ रनको साझेदारी गरे ।मलेसियाकी आयना हमिजाले २ विकेट लिइन् भने नुर दानिया स्युहादा र नुर आलियाले १-१ विकेट लिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर ९१ रन बनाएको थियो । मलेसियाका लागि आइना हमिजाले अविजित ५० रन बनाइन् । कप्तान विनिफ्रेड दुरासिंघमले १५ रन बनाइन् ।

नेपालकी सोमु विष्टले २ तथा कविता कुँवरले १ विकेट लिए ।नेपाल यसअघि पहिलो खेलमा ३ रनले पराजित भएको थियो । योसँगै ५ खेलको शृंखला १-१ को बराबरीमा आएको छ । तेस्रो खेल आइतबार हुनेछ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports