विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रोशी खोलाको सतह बढ्दै गएपछि बीपी राजमार्गमा पूर्ण रुपमा गाडी चलाउन रोक

884
shares

काभ्रेपलाञ्चोक । रोशी खोलाको सतह बढ्दै गएपछि बीपी राजमार्गमा पूर्ण रुपमा गाडी चलाउन रोक लगाइएको छ ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) उमेशकुमार ढकालले बीपी राजमार्गमा पर्ने रोशी खोलामा पानीको बहाव बढेको, विभिन्न स्थानमा खहरेखोलामा पहिरो सहित लेदो आएको र केही स्थानमा ढुंगाहरू राजमार्गमा झरेको कारण बीपी राजमार्गमा पूर्ण रुपमा गाडी चलाउन रोक लगाएको जानकारी दिए ।

शुक्रबार रातिबाटै काभ्रेका अधिकांश स्थानमा पानी परिरहेकोले रोशी खोलाको बहाव अत्यधिक बढेको र राजमार्ग डाईभर्सनको रुपमा रहेकोले सम्भावित जोखिम न्यूनीकरणका लागि बीपी राजमार्गमा आवतजावत गर्ने सबै सवारी साधन पूर्ण रुपमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।११ बजेदेखि ठूलो पानी पर्ने मौषमविद्को जानकारी अनुसार काभ्रे जिल्लामा थप तयारीको लागि जिल्ला विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक बोलाईएको समेत प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।

बीपी राजमार्गमा धुलिखेल हुँदै गएका सवारी साधन काभ्रेभन्ज्याङ र भकुण्डेमा रोकिएका छन् भने सिन्धुलीबाट आएका सवारी साधन नेपालथोक र खुर्कोटमा रोकिएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।उनका अनुसार रोशी खोलामा पानीको बहाव बढेको, रोशी ९ को पिन्थली र विरुवाडाँडामा लेदो झरेको तथा माम्तीमा ढुंगा खसेको जानकारी दिए ।

गत वर्ष असोजको बाढीपहिरोले बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डमा क्षति भएको थियो । सडक बगाएका कारण डाईभर्सन गरि अस्थायी रुपमा सडक सञ्चालनमा ल्याइएको थियो ।पूर्वी नेपाल जोड्ने छोटो दूरीको उक्त राजमार्गबाट दैनिक सयौं यातायातका साधान आउजाउ गर्छन् । क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा निर्माण गर्ने गरी ठेक्का लागिसकेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports