नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मधेस प्रदेशमा शिक्षामन्त्री रानीकुमारी तिवारीले दिइन् राजीनामा

1.59K
shares

जनकपुरधाम । मधेस प्रदेशमा शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले आफ्नो पदबाट राजीनामा दिएकी छन् । मन्त्री तिवारी सोमबार आफ्नो पदबाट राजीनामा दिएकी हुन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को संयुक्त सरकारमा सहभागी तिवारीले मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीनामा पत्र बुझाउँदै आजकै मितिदेखि लागू हुनेगरी पदत्याग गरेको उल्लेख गरेकी छन् ।मुख्यमन्त्री सिंहले भोलि (बुधबार) प्रदेश सभामा विश्वासको मत लिने तयारी गरिरहेका बेला मन्त्री तिवारीले राजीनामा दिएकी हुन् ।

लोसपा नेपालबाट प्रतिनिधित्व गर्ने तिवारीले राजीनामाको कारण सार्वजनिक गरेकी छैनन् । वर्तमान सरकारबाट नेपाली कांग्रेस, नेकपा एमाले र जनमतले आफ्नो समर्थन फिर्ता लिए पनि लोसपाले अहिलेसम्म समर्थन फिर्ता लिएको छैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports