मन्त्रिपरिषद्का २० वटा निर्णय सार्वजनिक
वि.सं.२०८२ असोज ३१ शुक्रवार १४:३९
shares

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न २० वटा निर्णय सार्वजनिक गरिएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय शुक्रबार सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रालयमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका हुन् ।
मन्त्रिपरिषद्ले विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाइएको छ । यस्तै विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियालाई राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा नियुक्त गर्ने, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगत ११ अस्थायी दरबन्दी स्वीकृत गर्ने, न्याय सेवाका दुई सचिवको सरुवा लगायतका २० निर्णय गरेको खरेलले जानकारी दिए ।



































