नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लिग- २ एक दिवसीय सिरिजमा नेपालले आज अमेरिकासँग खेल्दै

494
shares

आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग खेल्दैछ।

दुबई अन्तर्राष्ट्रिय रंगशालामा बिहान सवा ११ बजे नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ।नेपाली टोली यसपालि उच्च लयमा छ। त्यसकारण आजको खेलमा अमेरिकालाई कडा टक्कर दिने सम्भावना रहन्छ।लिग-२ का बाँकी खेलहरूमा जित निकाल्नुपर्ने दबाब पनि नेपाली टोलीलाई छ।

टी-२० विश्वकपमा छनोट प्रतियोगिताको उपाधि नै जितेको नेपाली टोली ओमानबाटै यो सिरिज खेल्नका लागि युएई प्रस्थान गरेको थियो।युएईमा नेपालले दुवै देशसँग २/२ खेल खेल्नेछ।नेपालले ३० अक्टोबरमा युएईसँग खेल्नेछ। त्यसपछि १ नोभेम्बरमा अमेरिका र ५ नोभेम्बरमा फेरि युएईसँग खेलेपछि नेपाली टोली स्वदेश फर्कनेछ।लिग-२ मा नेपालले १६ खेल खेल्दा १२ अंक मात्र जोड्न सकेको छ। आठ टोलीको यो प्रतियोगितामा स्कटल्यान्ड २४ खेलबाट ३० अंक जोड्दै शीर्ष स्थानमा छ।

दोस्रो स्थानको अमेरिकाको २० खेलबाट २८ अंक छ भने नेदरल्यान्ड्स पनि २४ खेलबाट २८ अंक जोडेर तेस्रो स्थानमा छ। चौथो स्थानको ओमानको २० खेलबाट २४ अंक, पाँचौ स्थानको क्यानडाको २४ खेलबाट २१ अंक र छैटौं स्थानको नामिबियाको समान खेलबाट १९ अंक छ। १२ अंक जोडेको सातौं स्थानमा रहँदा युएई ६ अंकसहित आठौं स्थानमा छ।एकदिवसीय टोलीमा भीम सार्की, अनिलकुमार साह र साहब आलम टोलीमा परेका छन्। यसअघि टी-२० टोलीमा रहेका लोकेश बम, सन्दीप जोरा र आदिल अन्सारी एकदिवसीय टोलीमा छैनन्। बाँकी १२ टी-२० टोलीका खेलाडी एकदिवसीय टोलीमा समावेश छन्।

नेपाली टोली: रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप-कप्तान), कुशल भुर्तेल, मो. आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, कुशल मल्ल, मो. आसिफ शेख, अनिल कुमार साह, भीम सार्की, साहब आलम, ललित नारायण राजवंशी

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports