विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

676
shares

काठमाडौं । समित पटेल र मिलिन्द कुमारको विशाल साझेदारीसँगै अमेरिकाले आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपाललाई २६३ रनको लक्ष्य लिएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै २६२ रन बनाएको हो । अमेरिकाका समितले सर्वाधिक ७५ रन बनाए । उनले १०० बल ९ चौका प्रहार गरे । तेस्रो विकेटका लागि मिलिन्दसँग उनले ९५ रनको साझेदारी गरेपछि अमेरिकाले खेलमा पुनरागमन गरेको हो ।

मिलन्दले भने अविजित रहँदै ७० रन बनाए । उनले ५० बलभमा ६ चौका र २ छक्का प्रहार गरे । उनीबाहेक सैतेजा मुक्कामल्लले ४२ र शुभम रञ्जनेले १९ रन बनाए ।

नेपालका सन्दीप लामिछानेले सर्वाधिक २ विकेट लिए । १० ओभर बलिङ गरेका उनले ५६ रन खर्चिए। सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीको नाममा समान १ विकेट रह्यो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports