नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अस्ट्रेलियालाई पराजित गर्दै भारत आईसीसी महिला विश्वकपको फाइनलमा

832
shares

मुम्बई । भारतले महिला एकदिवसीय क्रिकेट विश्वकपको सेमिफाइनलमा साविक विजेता अष्ट्रेलियालाई पाँच विकेटले हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। डीवाई पाटिल स्टेडियममा भएको रोमाञ्चक खेलमा भारतले महिला एकदिवसीयको सबैभन्दा ठूलो रन चेज गर्दै फाइनलमा स्थान बनाएको हो ।

अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा १ बल बाँकी हुँदा अलआउट हुँदै ३३८ रनको विशाल योगफल तयार पारेको थियो। अष्ट्रेलियाका लागि युवा ब्याटर फोबी लिचफिल्डले ११ चौका र ३ छक्कासहित शानदार ११९ रनको शतकीय पारी खेलिन्। उनलाई अनुभवी एलिस पेरीले ७७ र एश्ले गार्डनरले आक्रामक ६३ रन जोड्दै साथ दिएका थिए। भारतका लागि श्री चरानी र दीप्ति शर्माले २-२ विकेट लिएका थिए। क्रान्ति गौड, अमजोत कौर र राधा यादवले एक एक विकेट लिए । अष्ट्रेलियाका ३ खेलाडी रनआउट भएका थिए ।

३३९ रनको कीर्तिमानी लक्ष्य पछ्याएको भारतले एक समय ६० रनमा २ विकेट गुमाएर दबाबमा आएको थियो। तर, जेमिमा रोड्रिग्स र कप्तान हरमनप्रीत कौरले उत्कृष्ट प्रदर्शन गर्दै भारतका लागि इतिहास रचे। रोड्रिग्सले अविजित १२७ रनको सानदार पारी खेलिन्, जसमा उनले १२ चौका र ४ छक्का प्रहार गरिन्। हरमनप्रीत कौरले पनि ८९ रनको महत्वपूर्ण योगदान दिइन्। यी दुई खेलाडीले तेस्रो विकेटका लागि १६७ रनको विशाल साझेदारी गरेका थिए।

खेलमा रोड्रिग्स ८२ रनमा हुँदा र १०६ रनमा हुँदा अष्ट्रेलियाली फिल्डरहरूबाट जीवनदान पाएकी थिइन्, जसको फाइदा भारतले भरपूर उठायो।अन्तिम ओभरहरूमा दीप्ति शर्मा (२४ रन) र ऋचा घोष (१७ रन) ले छिटो रन जोडेर जित सुनिश्चित गर्न मद्दत गरे। भारतले ९ बल बाँकी छँदै ५ विकेट गुमाएर लक्ष्य सफलतापूर्वक पार गर्‍यो।

यो जितसँगै भारतले अष्ट्रेलियाको १६ ओडीआई विश्वकप खेलमा अपराजित यात्रामा पूर्णविराम लगाएको छ। भारत सन् २०१७ पछि पहिलो पटक विश्वकप फाइनलमा पुगेको हो। फाइनल खेलमा अब भारतको सामना आइतबार दक्षिण अफ्रिकासँग हुनेछ। महिला विश्वकपको फाइनलमा अष्ट्रेलिया वा इंग्ल्याण्ड मध्ये कुनै पनि टोली नभएको यो पहिलो पटक हो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports