प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विधुत खरिदमा ४३ करोड गडबडी गरेको भन्दै उर्जामन्त्री धिसिङलाई त्तकाल बर्खास्त गर्न जेन जी मुभमेन्टको माग

1.81K
shares

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’ले माग गरेको छ ।

कुलमान समेतको संलग्नतामा भारतको कम्पनी पीटीसी इण्डियासँग ४३ करोड रुपैयाँ बराबर नोक्सान हुनेगरी विद्युत खरिदबिक्री सम्झौता गरेको भन्दै ‘जेन–जी मुभमेन्ट’ले बर्खास्तीको माग गरेको हो ।

मुभमेन्टका प्रवक्ता विजय साहले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘ऊर्जामन्त्री कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्नुपर्छ । प्राधिकरणका प्रवन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्वन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन थाल्नुपर्छ । विद्युत नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सम्पूर्ण विद्युत् सम्झौताहरू सार्वजनिक गर्नुपर्छ ।’

मुभमेन्टले राष्ट्रघाती सम्झौता संलग्नहरूलाई जेल हाल्न र राज्यका सम्पती फिर्ता गराउन कानुनी प्रक्रिया तुरुन्त सुरु गर्न समेत माग गरेको छ । मुभमेन्टको संयोजक रविकिरण हमाल छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports