सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

क्लाउड फेयर मर्मतसम्भार गर्दा चर्चित सामाजिक सञ्जाल एक्स, ओपनएआईको च्याटजिपीटी सहित ७५ लाख वेबसाइटमा समस्या

1.03K
shares

काठमाडौँ। क्लाउड फेयर मर्मतसम्भार गर्दा चर्चित सामाजिक सञ्जाल एक्स, ओपनएआईको च्याटजिपीटीसहित ७५ लाख वेबसाइटमा समस्या आएको छ।

क्लाउड फेयरले आफ्नो वेबसाइटमा सूचना राख्‍दै मंगलबार साँझ सवा ५ बजेदेखि समस्या आएको जनाएको छ ।क्लाउड फेयरका कारण सर्भर डाउनको जानकारी दिने वेबसाइट डाउन डिरेक्टर बन्द हुन पुगेको छ ।क्लाउडफेयर एउटा इन्टरनेटमार्फत चल्‍ने इन्फ्रास्ट्रक्चर कम्पनी हो, जसले वेबसाइट तथा एप्लिकेशनहरूलाई द्रूत गतिमा सुरक्षित र भरपर्दो बनाउन मद्दत गर्दछ। तर, अहिले क्लाउड फेयर नै मर्मत भइरहेका कारण संसारभरका क्लाउडफेयरमा चल्‍ने वेबसाइटहरू बन्द हुन पुगेका छन् ।

क्लाउडफेयर बन्द हुनाले संसारभरका एक्सको एकाउन्ट र एप्लिकेशनमा प्रयोगकर्ताहरूले चलाउन पाएका छैनन् । उनीहरूले एप्लिकेशन चलाउँदा समस्या भोगिरहेका छन्।करिब ४३ प्रतिशत पोस्टसमेत हेर्नमा समस्या आएको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले जनाएका छन्।यस्तै २३ प्रतिशत प्रयोगकर्ताहरू वेबसाइट प्रयोग गर्न समस्या भोगिरहेका छन् भने २४ प्रतिशत प्रयोगकर्ताहरूलाई वेब कनेक्शन गर्न पनि समस्या भइरहेको छ ।क्लाउड आउटेज र सुरक्षा सतर्कता ध्यान दिनुपर्ने सूचना प्रविधि विज्ञ एवम् क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारी बताउँछन् ।

उनी भन्छन्, ‘क्लाउड फेयरको हालैको विश्वव्यापी आउटेजलाई गम्भीर सुरक्षा चेतावनीको रूपमा लिइएको छ। इन्टरनेट पूर्वाधारमा अत्यधिक केन्द्रीयता (Centralization) र ‘Single Point of Failure’ को जोखिमबारे तत्काल कदम चाल्न जरुरी छ।’उनले इन्टरनेटको केन्द्रीयता हटाउन बहु-प्रदायक रणनीति र नेटवर्क धेरै ठाउँ राख्‍नुपर्ने आवश्यक भइसकेको बताए।त्यसैगरी क्लाउड फेयरको सुरक्षामा पनि जिरो ट्रस्ट र क्लाउडफेयर र्‍याप जस्ता प्रणालीमार्फत हरेक पहुँचलाई अनिवार्य रूपमा प्रमाणित गर्नेतर्फ जानुको विकल्प नरहेको उनको भनाइ छ। ‘हामीले आफ्नो संस्थाको नेटवर्कलाई जिरो ट्रस्टमा र क्लाउड फेयर र्‍यापमा लैजानु अति नै जुरूरी छ।’ उनले भने ।

यसका साथै संस्थाहरूले आफ्नो आपतकालीन प्रतिक्रिया योजनाको समीक्षा गर्न र फेलभएका वेबसाइटलाई प्राथमिकता दिनुपर्ने उनको आग्रह छ।साथै विश्वव्यापी साइबर गठबन्धनका लागि लचकता नै अबको वास्तविक सुरक्षा हुने उनको भनाइ छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports