सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गर्यो

1.4K
shares

नेपाल प्रिमियर लिग (एनपिएल) मा कीर्तिमानी रन बनाएको विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।

मंगलबार विराटनगरले दिएको २२१ रनको लक्ष्य पछ्याएको पोखरा १८.५ ओभरमा १६७ रनमा अलआउट भयो।ओनपिङ ब्याटर दिनेश खरेल ७ रनमा आउट भए पनि एडम रोसिङटन र कप्तान कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गर्दै पोखरालाई लोभलाग्दो सुरुवात दिएका थिए। दुईबीच दोस्रो विकेटका लागि ५.२ ओभरमा ७६ रनको साझेदारी भएको थियो।

रोसिङटन ३९ रनमा शुभम रन्जनेको बलमा सातौं ओभरको अन्तिम बलमा एलबिडब्लूको धरापमा परेका थिए। उनले त्यसअघि २१ बलमा ५ चौका र २ छक्का प्रहार गरे। तर आठौं ओभरको दोस्रो र चौथो बलमा विराटनगरका कप्तान सन्दीप लामिछानेले जिमी निशम र तृतराज दासलाई डकआउट गरेपछि विराटनगर खेलमा फर्कियो। विराटनगरले पाँच बलको अन्तरमा तीन विकेट लिएपछि पोखरा संकटमा पर्‍यो।

त्यसपछि पोखराका किरण ठगुन्ना ८ रन र अभिषेक तिवारी ११ रनमा आउट भए। त्यतिबेला कप्तान कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका थिए। तर उनले साझेदारी पाउन सकेनन्। भुर्तेलले ५९ रन जोड्ने क्रममा ३१ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। यस्तै मार्ट टेलर र आकाश चन्द ४-४ रनमा पेभिलियन फर्के। डान डाउथवेटले २० बलमा २९ रन बनाए।बलिङमा विराटनगरका मार्स्याङ डि लाङग, सन्दीप लामिछाने, शुभम रन्जने र प्रतिश जिसीले २-२ विकेट लिए।

त्यसअघि विराटनगरले पोखरा एजेभन्जर्सविरूद्ध दुई ब्याटरको अर्धशतकमा ६ विकेटको क्षतिमा कीर्तिमानी २२० रन जोड्यो।यो स्कोर एनपिएलकै सर्वाधिक स्कोर हो। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको पोखराले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ विराटनगरका लागि लोकेश बम र मार्टिन गप्टिलको जोडीले बिस्फोटक ब्याटिङ गरे।

दुईबीच दोस्रो विकेटका लागि १३२ रनको साझेदारी भएको थियो।गप्टिलले ३५ बलमा ३ चौका र ५ छक्काको मद्दतमा ६१ रन बनाए। ओपनर लोकेशले ४८ बलमा १ चौका र ७ छक्काको प्रहार गर्दै ७२ रन बनाए।अर्का ओपनर जर्ज मुन्से भने ६ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १० रनमा क्याच भए। यस्तै बसिर अहमदले १३ बलमा १ चौका र १ छक्काको मद्दतमा २३ रन जोडे।अन्तिम ओभरको पाँचौ बलमा रनआउट भएका शुभम रन्जनेले १६ बलमा ३८ रन बनाए। उनले ३ चौका र २ छक्का प्रहार गरे। नारायण जोशीले ३ बलमा नटआउट ११ रन बनाए।

बलिङमा पोखराका मार्ट टेलरले २ विकेट लिए भने आकाश चन्द, सागर ढकाल र कुशल भुर्तेलले १-१ विकेट लिए।प्रतियोगितामा भोलि एक मात्र खेल हुनेछ। अपरान्ह चार बजे काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। सुदूरले पहिलो खेल खेल्न लागेको हो भने काठमान्डुले उदघाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएको थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports