सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सिमरामा झडप, सडक खाली गर्न प्रदर्शनकारकलाई प्रहरीले दियो चेतावनी

1.64K
shares

सिमरा। सिमरा विमानस्थल आसपासमा प्रदर्शनमा उत्रिएका जेन–जी समूहले सडकमा टायर बाले पछि प्रहरीले सडक छोड्न चेतावजी दिएको छ । प्रदर्शनकारी र एमाले कार्यकर्ताबीच झडप हुँदा यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।

जेन–जी प्रदर्शनकारीले सिमरा विमानस्थल छिर्ने बाटो अगाडि टायर बालेर प्रदर्शन जारी राखेका छन् । जेन–जी समूहले विमानस्थलमै विरोध प्रदर्शन गरेको छ । प्रहरीले प्रदर्शन नगर्न र सार्वजनिक सडक खाली पार्न प्रदर्शनकारीलाई चेतावनी दिएको छ । यद्यपि, सडकमा प्रदर्शन जारी छ । सिमराको स्थिति प्रहरीको नियन्त्रणमै रहने र सुरक्षा व्यवस्था मिलाइएको बाराका जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष तामाङले बताए ।

सरकारी र निजी सम्पत्तिमा सम्भावित क्षति हुनसक्ने भन्दै स्थिति थप बिग्रन नदिन बारा प्रशासनले राजमार्ग आसपास र विमानस्थल क्षेत्रमा अहिले साढे १२ बजेदेखि कफ्र्यू लगाएको छ । एयरपोर्ट पनि बन्द गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports