सिमरा घटना जेनजी भावनाको दुरूपयोग : महामन्त्री शर्मा
वि.सं.२०८२ मंसिर ३ बुधवार १४:३२
shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निषेधको राजनीति नगर्न आग्रह गरेका छन् ।
नेकपा एमालेका नेताहरूलाई बारामा निषेध गरिएको घटनातर्फ इंगित गर्दै उनले बुधबार यस्तो आग्रह गरेका हुन् ।महामन्त्री शर्माले सिमरा घटना जेनजी पुस्ताको भावना नभएर दुरुपयोग भएको पनि बताएका छन् ।
‘सामाजिक सञ्जाल निषेध विरुद्ध उभिने जेनजी कसैको ‘समाज भ्रमण अधिकार’ विरुद्ध उभिन सक्दैनन्,’ शर्माले एक्समा पोस्ट गरेका छन्, ‘अतः सिमरा घटना जेनजी भावना होइन, त्यसको दुरुपयोग हो । निषेधको राजनीति कसैले नगरौं ।’
महामन्त्री शर्माले भ्रमणको वातावरण नबनाएसम्म चुनाव नहुने भन्दै प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण पनि गराएका छन् ।नेता शर्माले सिमरा घटनालाई दुःखद् भनेका छन् ।





































