आज शनिबार यी दुई प्रदेशमा बर्षा र हिमपातको सम्भावना
वि.सं.२०८२ मंसिर ६ शनिवार ०८:४४
shares

हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।
शनिबार बिहान देशभरिको मौसम आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
साथै कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।शनिबार राति पनि कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।




































