linktrix Long Ad
Salt Trading Long Ad

मधेश प्रदेशका मुख्यमन्त्री यादव विरुद्धको रिटमाथि आज सुनुवाइ हुने

1.17K
shares

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र सपथविरुद्धको रिटमाथि आज पनि सुनुवाइ हुने भएको छ । हिजो यो मुद्दाको सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा यो मुद्दाको सुनुवाई भइरहेको छ ।मधेस प्रदेशको कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव सहित ७४ सांसदले मुख्यमन्त्री सरोज यादवको नियुक्ति विरुद्ध अदालतमा दर्ता भएको थियो ।

यसअघि रकी यादव सहितको रिटमा सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न आदेश दिइसकेको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मुख्यमन्त्री यादवलाई मधेस प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्न आदेश गरेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports