२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज सुनको मूल्य प्रतितोला २२०० ले बढ्यो, आज बजारमा सुनको मूल्य २ लाख ५० हजार भन्दा माथि पुग्यो

1.37K
shares

सुनको मूल्यले फेरि तोलाको दुई लाख ५० हजार रुपैयाँ नाघेको छ।

तोलामा २२ सय रुपैयाँ बढेर सुनको भाउ आज दुई लाख ५० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।मंगलबार र बुधबार तोलामा ६१ सय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार चारसय रुपैयाँ घटेर दुई लाख ४८ हजार चारसय रुपैयाँमा झरेको थियो।

गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ६५ रुपैयाँ बढेर चाँदीको मूल्य आज तीन हजार तीनसय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। विगत केही दिनदेखि चाँदीको मूल्य निरन्तर बढिरहेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports