सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ललितपुर महानगरपालिकाको शनिबार देखि साताका २ दिन पाटन सम्पदा क्षेत्रलाई सवारीसाधन मुक्त घोषणा

1.44K
shares

काठमाडौं । ललितपुर महानगरपालिकाले शनिबारदेखि साताका २ दिन पाटन सम्पदा क्षेत्रलाई सवारीसाधन मुक्त (भेहिकल फ्री) घोषणा गरेको छ ।

मेयर चिरिबाबु महर्जनका अनुसार ‘पाटन पाइलै पाइलामा’ भन्ने अभियान अन्तर्गत गाडी छिर्न नदिने निर्णय गरिएको छ । भेहिकल फ्री कार्यक्रम चरणबद्ध विस्तार गरिने समेत उनले जानकारी दिए । उनले हरेक नगरवासीसँग सहयोगको अपेक्षा गरिएको समेत बताए ।पहिलो चरणमा शनिबार र बुधबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म सवारीसाधन रोकिने भएको छ । यसलाई लगातार दुई महिना परीक्षण गरी थप समय र दिन विस्तार गरिने समेत महानगरले जनाएको छ ।

पहिलो चरणमा १३, १७ र २० मंसिरमा सवारी रोकिँदै छ । सोही महिना २४ र २७ गते भने बिहान ८ देखि राति ७ बजेसम्म सवारी रोकिने छ ।दोस्रो चरणमा ५, ९ र १२ पुसमा गाडी निषेध गरिने छ । सोही महिनाको १६ र १९ गते बिहान ८ देखि राति ७ बजेसम्म सवारी रोकिने भएको छ ।महानगरका अनुसार आकस्मिक सेवाका सवारीसाधन बाहेक सबै सवारी रोकेर यस क्षेत्रमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना हुने भएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports