सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एनपीएलमा आज पनि २ खेल हुदैँ, लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुरबीच खेल हुने

1.13K
shares

काठमाडौं। जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ११ः४५ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्नेछ । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी चारमध्ये एक र कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले तीन खेलबाट एक खेल नै जितेको छ । लुम्बिनी अंक तालिकाको सातौं र पोखरा छैटौं स्थानमा छ ।

प्लेअफको सम्भावना जीवितै राख्न दुवै टोलीलाई यो खेल जित्नुपर्ने अवस्था छ ।यस्तै, अपराह्न ४ बजे साविक विजेता जनकपुर बोल्ट्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स भिड्नेछ ।

एनपीएलको दोस्रो संस्करणमा सुदूरपश्चिम आठ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । सुदूरपश्चिमले आफ्नो चार खेलमध्ये चारै खेलमा जित निकालेको छ । आजको खेल जितेर सुदूरपश्चिम प्लेअफमा स्थान सुरक्षित गर्न चाहन्छ ।तालिकाको पुछारमा रहेको जनकपुर भने जितविहीन छ । जनकपुरले यसअघिका तीनै खेलमा हार व्यहोरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports