सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अध्यागमन विभागले अभिलेखन र विश्लेषण गर्नका लागि ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू गर्ने

1.86K
shares

काठमाडौँ । अध्यागमन विभागले नेपाल भित्रिने विदेशी नागरिकहरूको तथ्याङ्क व्यवस्थित ढंगले सङ्कलन, अभिलेखन र विश्लेषण गर्नका लागि ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू गर्ने तयारी गरेको छ।

विभागका महानिर्देशक रामचन्द्र तिवारीले पर्यटकहरूको सुरक्षा सुनिश्चितता, सूचना प्रवाहमा सहजता, पर्यटन प्रवर्द्धन र अपराध नियन्त्रणका लागि यो प्रणाली लागू गर्न लागिएको जानकारी दिएका छन्। उनले मुलुकमा प्रवेश गर्ने विदेशी नागरिकको गतिविधि र आवाससम्बन्धी विवरण राज्यलाई अनिवार्य रूपमा थाहा हुनुपर्ने भन्दै आगामी जनवरी १ (२०८२ पुस १८) देखि ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू हुने बताए।महानिर्देशक तिवारीका अनुसार, जसरी हरेक नेपाली नागरिकको अवस्थाबारे राज्यलाई थाहा हुनुपर्छ, त्यसरी नै नेपाल आउने विदेशी नागरिकहरूको अवस्थाबारे पनि जानकारी हुन आवश्यक छ। जनवरी १ देखि कुनै पनि विदेशी नागरिक नेपाल आएपछि उनीहरूको ‘एकोमोडेसन’ (आवास) अनिवार्य घोषणा गर्नुपर्नेछ।

‘नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स ऐजन्ट्स’ (नाट्टा) की वरिष्ठ उपाध्यक्ष तेजश्वी तुलाधरले यो प्रणालीले पर्यटकको सुरक्षा सुनिश्चित गर्न र तथ्याङ्क सङ्कलन गर्न सघाउ पुग्ने बताउँदै यो ‘ट्रयाकिङ’ गलत नभएको धारणा राखिन्।यस्तै, होटल एसोसिएसन नेपाल (हान) का महासचिव साजन शाक्यले भने जनवरी १ देखि नै यो प्रणाली कार्यान्वयन गर्न कठिन हुने बताउँदै थप समय आवश्यक पर्ने उल्लेख गरे। उनले तारे होटलहरूमा लागू गर्न सहज भए पनि सरकारी नीतिबारे पर्याप्त छलफल पुग्न नसकेको बताए।

विभागले पहिलो चरणमा २०८२ पुस १७ गतेबाट उपत्यकाका तारे होटलहरूमा र २०८२ फाल्गुन १७ बाट देशभरका होटल, एयरलाइन्स, होमेस्टे, ट्रेकिङ कम्पनी लगायत सबै सेवा प्रदायकहरूमा यसलाई अनिवार्य लागू गर्ने योजना बनाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports