२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कुलमानलाई बाहिर राखेरै रवि बालेनले गरे ७ बुदेँ सहमति

2.87K
shares

काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी (उनेपा)ले नयाँ राजनीतिक दलहरूको एकतासम्बन्धी प्रस्ताव अस्वीकार गरेको छ । प्रस्तावअनुसार पार्टी सभापति रवि लामिछाने र आगामी प्रधानमन्त्री बालेन साह हुने भनिएको थियो ।

पार्टी केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा बसेको केन्द्रीय समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौंका मेयर बालेनको तर्फबाट आएको प्रस्तावमाथि छलफल भएको थियो । बैठकमा प्रस्तुत प्रस्तावमा पार्टी संरक्षक कुलमानको भूमिका र उज्यालो नेपालको हिस्सेदारीबारे कुनै ठोस व्यवस्था नआएको तथा प्रस्ताव एकपक्षीय रहेको निष्कर्षसहित प्रस्ताव अस्वीकार गरिएको एक केन्द्रीय सदस्यले बताए ।

उनका अनसार केन्द्रीय समितिमा रवि पार्टी सभापति र आगामी प्रधानमन्त्री बालेन हुने प्रस्ताव आएको थियो तर पार्टीका लागि यो स्वीकार्य छैन भन्ने निर्णय गरिएको छ । उनका अनुसार नयाँ राजनीतिक शक्तिहरूबीच एकताको प्रयासलाई भने निरन्तरता दिने विषयमा बैठकमा छलफल भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports