उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बस्दै
वि.सं.२०८२ पुस १३ आइतवार १५:५१
shares

काठमाडौं । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बस्दैछ ।
यो समिति निर्वाचन आयोगका आयुक्त सगुनशम्शेर जबराको संयोजकत्वमा छ । बैठक बस्न लागेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।आगामी २१ फागुनका लागि तय भएको निर्वाचन सुरक्षाको सम्बन्धमा छलफल गर्न समितिको बैठक बस्न लागेको हो ।
बैठकमा गृह मन्त्रालयका सचिव, रक्षा मन्त्रालयका सचिव, सुरक्षा निकायका अधिकारीहरू सहभागी हुनेछन् ।निर्वाचन आयोगका प्रवक्ता भट्टराईका अनुसार समितिले निर्वाचन सुरक्षाको विषयमा छलफल गर्नुका साथै आवश्यक रणनीति समेत तय गर्नेछ ।


































