तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यस्तो छ राप्रपाबाट समानुपातिक सुचीमा समेटिएकाहरूको नामावली

1.87K
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि समानुपातिक उम्मेदवारहरुको सूची निर्वाचन आयोगमा बुझाएको छ ।

राप्रपाले आदिवासी जनजाति क्लस्टरको पुरुषतर्फ तोरणबहादुर गुरुङलाई पहिलो नम्बरमा राखेर उम्मेदवार सूची बुझाएको हो । दोस्रो नम्बरमा राजेन्द्र गुरुङ र तेस्रो नम्बरमा मोहन कुमार श्रेष्ठ छन् ।आदिवासी जनजातिको महिलातर्फ सरस्वती लामा, विजयकला राई र सरस्वती थिङ क्रमश: पहिलो, दोस्रो र तेस्रो नम्बरमा छन् ।

खस आर्यतर्फ पुरुषको सूचीमा भरत गिरी सबैभन्दा माथि छन् । त्यसपछि पुष्पराज पुरुष, धर्मराज जोशी र ठाकुर शर्मा छन् । खस आर्यतर्फ महिलाको सूचीमा खस्बु ओली पहिलो नम्बरमा छिन् । त्यसपछि स्वाती थापा र देव कुमारी पराजुली क्रमश: दोस्रो र तेस्रो नम्बरमा छन् ।थारु क्लष्टरको पुरुषतर्फ गिरिधारी चौधरी, शिवराम थारु र लालबहादुर चौधरी लगायत छन् । महिलातर्फ इन्दु चौधरी, रुना कुमारी महतो र दुखनी थारुको नाम क्रमश: पहिलो, दोस्रो र तेस्रो नम्बरमा छ ।

दलित पुरुषतर्फ अमर परियार, प्रकाश दयाली, श्रवण कुमार नेपालीको नाम छ । दलित महिलातर्फ मिना विक, विपना नेपाली, गंगा विक लगायत छन् ।मधेशी समुदायको पुरुष समूहमा प्रल्हाद साह पहिलो नम्बरमा छन् । त्यसपछि मोहन यादव, उम्देश्वर प्रसाद साह लगायतको नाम छ ।मधेशी महिलामा निरुपमा यादव, प्रभा मिश्र र प्रियंका कुमारी यादव क्रमश: पहिलो, दोस्रो र तेस्रो नम्बरमा छन् ।मुस्लिम समुदायबाट ताहिर अलि भाट, सलाउद्दिन जसगढ, नजिया खातुन, पिंकी बेहना, कनिज फातिमा रंगरेजको नाम समावेश छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports