आउँदो फागुन २१ गते हुने भनिएको संसदको निर्वाचन हुनेमा अझै आंशका रहेको छ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वरिष्ठ पत्रकार तथा बीपी विचारका अभियन्ता होमनाथ दाहालको निधन

91
shares

वरिष्ठ पत्रकार तथा बीपी विचारका अभियन्ता होमनाथ दाहालको निधन भएको छ।

अर्का वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालका अनुसार उपचारका लागि वीर अस्पतालमा लगिँदै गर्दा शुक्रबार साँझ उनको निधन भएको हो। उनी ८४ वर्षका थिए।होमनाथ पत्रकारका साथै नेपालकाे प्रजातान्त्रिक आन्दोलनका योद्धा, ओखलढुंगा जिल्लाबाट निर्वाचित पूर्वसांसद, पूर्वमन्त्री र नेपाल पत्रकार महासंघका पूर्वसभापति पनि थिए।

उनका भाइ पुरुषोत्तमले भने, ‘उहाँको निधन २०८२ पुस २५ गते साँझ वीर अस्पतालमा उपचारार्थ पुर्‍याउँदै गर्दा भएको हो। ८४ वर्षीय दाहाल केही समयता केही अस्वस्थ हुनुहुन्थ्यो।’श्रद्धाञ्जलीका लागि आज (शनिबार) बिहान ७ बजेदेखि ९ बजेसम्म निजी निवास (मैतीदेवी नजिक धोबीखोलापट्टि) मा पार्थिव शरीर राखिने र बिहान ९:३० बजेपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जानकारी उनले दिए।

होमनाथकी पत्नी सुधा दाहाल पनि अहिले वीर अस्पतालमै उपचाररत रहेको पुरुषोत्तमले बताए।होमनाथ दाहालका दुई छोरा छन्- डा. सुधांशु दाहाल र हिमांशु।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports