सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेस विभाजनको आधिकारिकता निर्वाचन आयोग र अदालतबाट टुङ्गिन्छ : कांग्रेस नेता लेखक

884
shares

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले अब पार्टीको आधिकारिकताको विषय निर्वाचन आयोग र अदालतबाट टुंगिने स्पष्ट पारेका छन्।

नेता लेखकले असन्तुष्ट पक्षले समानान्तर गतिविधि जारी राखेको र संस्थापन पक्षले कारबाहीको निर्णय लिएसँगै अबको बाटो कानुनी उपचार नै भएको बताए।‘अब यसका लागि निर्वाचन आयोग जाने र अदालत जाने बाटो खुल्यो,’ लेखकले भने, ‘अब कसले मान्यता पाउँछ भन्ने कुराको छिनोफानो कानुनी र राजनीतिक लडाइँबाट सुरु हुन्छ।’

नेता लेखकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरिसकेपछि पार्टीभित्रको विवाद अब राजनीतिक सहमतिबाट टाढा पुगेर कानुनी लडाइँमा परिणत भएको बताएका छन्।पार्टी एकताका लागि अन्तिम समयसम्म संवाद र प्रयास भए पनि त्यो सफल हुन नसकेको स्वीकार गर्दै लेखकले अब दुवै पक्ष आ–आफ्नो बाटो लागेको बताए।

उनले भने, ‘उहाँहरूले छुट्टै भेला र उम्मेदवारी दर्ता गर्नुभयो, हामीले विधान बमोजिम कारबाही गर्‍यौँ। अब वैधानिकताको परीक्षण कानुन र संविधान बमोजिम राज्यका निकायमा हुन्छ।’लेखकले यो कानुनी लडाइँले प्रकारान्तरले लोकतन्त्र र कांग्रेसलाई नै कमजोर बनाउने भए पनि परिस्थितिले बाध्यात्मक अवस्था सिर्जना गरेको टिप्पणी गरे।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports