सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यी हुन राष्ट्रियसभा सदस्यमा नव निर्वाचित सदस्यहरू

832
shares

काठमाडौं। आगामी फागुन ११ बाट रिक्त हुन लागेको १९ मध्ये १८ राष्ट्रिय सभा सदस्यको निर्वाचन आइतबार सम्पन्न भएको छ । निर्वाचन आयोगले सातै प्रदेशबाट निर्वाचित १८ जना नयाँ अनुहारको अन्तिम नामावली सार्वजनिक गरेसँगै निर्वाचन सम्पन्न भएको हो ।

अब बाँकी एक जना राष्ट्रिय सभा सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछन् । आइतबार सम्पन्न भएको निर्वाचनमा चुनावी गठबन्धन गरेका तीन दलका उम्मेद्वारहरु निर्वाचित भएका छन् । गठबन्धन गर्ने दलहरुमा नेपाली कांग्रेस, नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपाल रहेका छन् ।

तीन दलीय गठबन्धनबाट कोशी प्रदेशबाट उम्मेद्वार बनेकी एमालेकी रोश्नी मेचे र सोमनाथ पोर्तेल सांसदमा निर्वाचित भएका छन् भन् कांग्रेसबाट सुनिलबहादुर थापा निर्वाचित भएका छन्। बागमती प्रदेशबाट कांग्रेसकी गीता देवकोटा र एमालेका प्रेमप्रसाद दंगाल निर्वाचित भएका छन्।

मधेस प्रदेशबाट एमालेकी रेखाकुमारी झा, कांग्रेसका धर्मेन्द्र पासवान र रन्जित कर्ण सांसदमा निर्वाचित भएका छन् भने जसपा नेपालबाट लोकतान्त्रिक समाजवादीका महन्थ ठाकुर निर्वाचित भएका छन्। ठाकुर जसपा र लोसपाका साझा उम्मेद्वार हुन् । दुई पार्टीबीचको एकीकरणपश्चात् उनी उम्मेदवार बनेका हुन् ।

लुम्बिनीबाट कांग्रेसका वासुदेव घिमिरे र चन्द्रबहादुर केसी सांसदमा निर्वाचित भएका छन् भने एमालेबाट रामकुमारी झाँक्री निर्वाचित भएकी छन् । यस्तै, कर्णालीबाट एमालेकी मीनासिंह रखाल र कांग्रेसका ललितजंग शाही निर्वाचित भएका छन्।गण्डकी प्रदेशबाट एमालेकी सम्झना देवकोटा र कांग्रेसका जगत तिमिल्सिना राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन्। सुदूरपश्चिम प्रदेशबाट एमालेकी लिलाकुमारी भण्डारी र कांग्रेसका खम्मबहादुर खाती राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख एवं पदाधिकारी मतदाता गरेका छन् । सात वटै प्रदेशमा ५५० प्रदेश सभा सदस्य छन् भने ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी स्थानीय तहका पदाधिकारीतर्फ एक हजार ५०६ मतदाता रहेका छन् । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको कार्यकाल आगामी फागुन २१ बाट प्रारम्भ हुनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports